बिएल संवाददाता
कोपा–अमेरिका फुटबल प्रतियोगिताको शनिबार बिहान खेलिएको खेलमा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ। दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्।
समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन्। तीन अङ्कसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा आसीन छ।
एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ। एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन। समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो।
कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा आयोजना भइरहेको छ। प्रतियोगितामा १६ वटा टोली सहभागी छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया