बिएल संवाददाता
कोपा–अमेरिका फुटबल प्रतियोगिताको शनिबार बिहान खेलिएको खेलमा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ। दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्।
समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन्। तीन अङ्कसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा आसीन छ।
एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ। एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन। समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो।
कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा आयोजना भइरहेको छ। प्रतियोगितामा १६ वटा टोली सहभागी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया