बिएल संवाददाता
नेपालको प्रतिनिधित्व गर्दै वीरगञ्जमा अध्ययनरत सनम श्रेष्ठ ‘एसियन युथ चेस च्याम्पियनशिप’मा भाग लिन काजकस्तान जाने भएकी छन्।
जुन ९ देखि २१ सम्म काजकस्तानको अलमाटी सहरमा हुने यो प्रतियोगितामा भाग लिन उनी आइतबार त्यसतर्फ जान लागेकी हुन्।
प्रतियोगितामा उनीसहित ३५ राष्ट्रका १६ वर्ष मुनिका खेलाडीहरूले भाग लिनेछन्। एशियाली देशहरू सहभागी हुने प्रतियोगितामा १८ वर्षमुनिका बुद्धिचाल खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

१६ वर्षीया सनम सामाजिक काम गर्दै आएको ‘सानो पाइला’ले सञ्चालन गरेको ‘सानो घर’मा बस्छिन्। यो एउटा बालगृह हो, जहाँ बसेर बालबालिकाहरूले पढाईसँगै आफ्नो व्यक्तित्व विकास गर्दै आइरहेका छन्। वीरगञ्जको मुनलाइट माविमा उनी कक्षा ९ मा पढ्छिन्।
वीरगञ्जमा भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उनी १८ वर्षमुनिको उमेर समूहमा राष्ट्रिय विजेता भएकी थिइन्। यो एउटा छनोट चरण थियो। त्यसैमा छानिएर उनी काजकस्तान जाने लागेकी हुन्। नेपालबाट यो प्रतियोगितामा सहभागी हुने एकमात्रै प्रतियोगी हुन्।
विद्यालयमा आयोजित एक समारोहमा उनलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नेपालको राष्ट्रिय झन्डा ओढाएर बिदाइ गरेका छन्।
‘सनम श्रेष्ठको यो सहभागिताले वीरगञ्जमात्रै होइन पूरै देशको सम्मान पनि बढेको छ’, मेयर सिंहले जितको शुभकामना दिँदै भनेका छन्।
नेपाल बुद्धिचाल संघ पर्साका अध्यक्ष सुलभ केसी पनि सनमसँगै काजकस्तान जाने भएका छन्।
‘हामीले सनमलाई राम्रोसँग प्रशिक्षित गरेका छौँ’, उनले भने, ‘जित्ने आशा त सबैको हुन्छ। तर अहिलेका लागि सिङ्गो नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरव पनि लागेको छ। प्रतियोगितामा सनमले आफ्नो सतप्रतिशत लगाउनेछिन् भन्ने आशा राखेका छौँ।’

पढाइसँगै बुद्धिचालमा पनि अब्बल रहेकी सनमलाई विभिन्न व्यक्तिहरूले सहयोग पनि गरेका थिए।
सानो पाइलाले प्रतियोगितामा सफलताको लागि शुभकामना व्यक्त गरेको छ। सनमले प्रतियोगितामा आफ्नो असाधारण क्षमता प्रदर्शन गर्ने अपेक्षा गर्दै सानो पाइलाले पदकका लागि शुभकामना भनेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया