बिएल संवाददाता
खेलकुद इतिहासविद् नवीन अर्यालले क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्नका लागि अमेरिकाकाे भिसा नपाउनुमा नेपाल क्रिकेट संघ (क्यान) दाेषी रहेकाे दाबी गरेका छन्।
अमेरिकी दूतावासले दाेस्राेपटक पनि सन्दीपकाे भिसा अस्वीकार गरेलगत्तै बिएल नेपाली सेवासँग भिडियाे कुराकानी गर्दै खेलकुद इतिहासविद् अर्यालले उनकाे भिसा अस्वीकृत हुनुमा क्यान दाेषी रहेकाे दाबी गरेका हुन्। त्यसमाथि पनि क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का मुख्य दाेषी रहेकाे उनकाे ठहर छ।

‘विश्वकपका लागि नेपालले जुन १६ सदस्यीय स्क्वायर तयार पार्छ, त्याे स्क्वायरमा उनकाे नाम समावेश हुनुपर्थ्याे तर आजकाे डेट (मिति)सम्म उनकाे नाम क्यानले राष्ट्रिय टाेलीमा समावेश गरेकाे छैन र आइसिसीमा पठाउने नाममा पनि उनकाे नाम समाविष्ट भएकाे छैन’, अर्यालले भने, ‘याे सन्दर्भमा अमेरिकाले उनलाई कसरी भिसा दिन सक्छ? राष्ट्रिय खेलाडीमा नामै समावेश नभएकाे व्यक्तिलाई उसले कसरी भिसा दिन्छ।’
चतुर र पारसले सन्दीपलाई विश्वकप खेल्नबाट राेक्ने मनशायले उनलाई हालसम्म १५ सदस्यीय टाेलीमा समावेश नगरेकाे उनकाे बुझाइ छ।
भिडियाे:
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया