बिएल संवाददाता
कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपटक आइपिएलको उपाधि जितेको हो।
सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। कोलकाताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुँदै ११३ रन बनाएको थियो।
सनराइजर्सका लागि कप्तान प्याट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए। त्यस्तै कोलकाताका बलर आन्द्रे रसेलले सर्बाधिक ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए।
यो जितसँगै कोलकाताले २०१२ र २०१४ पछि तेस्रोपटक आइपिएलको उपाधि जितेको छ। कोलकाता २०२१मा फाइनलमा पुगेर पराजित भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया