बिएल संवाददाता
श्रीलंका क्रिकेट (एसएलसी) को प्रिमियर टी-२० लिगबाट डम्बुला थन्डर्स फ्रेन्चाइजीका मालिक तमिम रहमानलाई म्याच फिक्सिङको आशंकामा पक्राउ गरिएको छ।
अदालतको आदेशपछि उनलाई शहरको बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
खेलकुदसँग सम्बन्धित अपराध रोक्न खेलकुद मन्त्रालयमा गठित विशेष अनुसन्धान इकाइका एक अधिकारीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेका छन्।
कोलम्बो मजिस्ट्रेट अदालतले रहमानलाई मे ३१ सम्म हिरासतमा पठाएको छ। एसएलसीले एक विज्ञप्तिमा भनेको छ-लंका प्रिमियर लिगले डम्बुला थन्डर्सको फ्रेन्चाइजलाई तत्काल प्रभावबाट रद्द गरेको घोषणा गरेको छ।
डम्बुला फ्रेन्चाइज बंगलादेशी उद्यमीहरूको नेतृत्वमा रहेको इम्पेरियल स्पोर्ट्स ग्रुपले अप्रिलमा खरिद गरेको थियो। तर, उनीमाथि लागेको वास्तविक अभियोग अझै स्पष्ट भइसकेको छैन। एसएलसीले भन्यो– रहमानमाथि लागेको आरोप स्पष्ट छैन, तर लंका प्रिमियर लिगको इमान्दारिता र सहज कार्यसम्पादन सबैभन्दा महत्त्वपूर्ण छ।
रहमानमाथि म्याच फिक्सिङ र सट्टेबाजीको प्रयास सम्बन्धी देशको खेलकुद ऐनका दुई प्रावधान अन्तर्गत अनुसन्धान भइरहेको थियो। श्रीलंका प्रिमियर लिग जुलाई १ देखि २१ सम्म हुने तय भएको छ।
भर्खरै श्रीलंकाको एक अदालतले भारतीय नागरिक योनी पटेल र पी आकाशलाई आफ्नो राहदानी आत्मसमर्पण गर्न आदेश दिएको थियो। दुबैलाई कोलम्बोमा लिजेन्ड्स क्रिकेट लिगमा म्याच फिक्सिंगको आरोप लगाइएको थियो।
पटेल यस लेजेन्ड्स लिगमा एउटा टोलीको मालिक हुन्। दुवै जना हाल धरौटीमा छन्। क्यान्डीको पाल्लेकेले स्टेडियममा मार्च ८ देखि १९ सम्म खेलिएको लिगको खेल फिक्स गर्न खोजेको आरोप उनीमाथि लागेको छ।
श्रीलंकाले २०१९ मा कानून पारित गरेपछि खेलमा म्याच फिक्सिङ र भ्रष्टाचारलाई अपराध मान्ने पहिलो दक्षिण एसियाली देश बन्यो। दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र जरिवाना हुने व्यवस्था छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया