बिएल संवाददाता
इन्डियन प्रिमियर लिक (आइपिएल)मा राजस्थान राेयल्स पञ्जाब किङ्ससँग पराजित भएकाे छ।
गएराति भएकाे खेलमा राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएकाे हाे। याे राजस्थानकाे लगातार चाैथाे हार हाे।
राजस्थानले दिएकाे १ सय ४५ रनकाे लक्ष्य पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे गर्याे।
पञ्जाबकाे जितमा कप्तान साम करनले अर्धशतकीय इनिङ खेलेका थिए। उनले ४१ बलमा ६३ रन प्रहार गरे।
राजस्थानका युजबेन्द्र चाहल र अभेष खानले २-२ विकेट लिए।
पहिले ब्याटिङ गरेकाे राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएकाे थियाे।
राजस्थानका रिहान परागले ४८, रविचन्द्र आस्विनले २८ तथा कप्तान सन्जु सामसनले १८ रन प्रहार गरेका थिए।
राजस्थान यसअघि नै प्लेअपमा प्रवेश गरेकाे छ। १३ खेलमा ८ जित र ५ खेल हारेकाे राजस्थान १६ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ।
भने, प्लेअप दाैडबाट बाहिरिएकाे पञ्जाब १० अंकसहित नवाैँ स्थानमा रहेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया