बिएल संवाददाता
राजस्थान राेयल्स टाटा इन्डिय प्रिमियर लिग (आइपिएल) प्लेअपमा प्रवेश गरेकाे छ।
गएराति भएकाे खेलमा लखनउ सुपर जाइन्ट दिल्ली क्यापिटलसँग पराजित भएसँगै राजस्थान दुई खेल अगावै प्लेअपमा प्रवेश गरेकाे हाे। खेल तालिकाकाे दाेस्राे स्थानमा रहेकाे राजस्थानकाे १६ अंक रहेकाे छ।
मंगलबार राति दिल्लीले लखनउलाई १९ रनले पराजित गरेकाे थियाे।
दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनमात्र बनाएको थियो। यसअघि दिल्लीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो।
योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ। दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ। प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ।
त्यसैगरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ। लखनउको १३ खेलमा १२ अंक रहेको छ।
लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने तालिका रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया