बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदरबादले लखनउ सुपर जाइन्ड्सलाई पराजित गरेकाे छ। बुधबार राति सम्पन्न खेलमा हैदरबादले लखनउमाथि १० विकेटकाे जित निकालेकाे हाे।
लखनउले दिएकाे १ सय ६६ रनकाे लक्ष्य हैदरबादले बिनाविकेटकाे क्षतिमा मात्रै ९.४ ओभरमा पूरा गर्याे।
जितमा हैदरबादमा ओपनर अभिषेक शर्माले ७५ तथा ट्रभिस हेडले ८९ रन प्रहार गरे। उक्त याेगफल पूरा गर्न शर्माले ८ चाैका र ६ छक्का तथा हेडले ८ चाैका र ८ छक्का प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएकाे थियाे। लखनउमा आयुस बदाेनीले ५५ रन प्रहार गरेका थिए।
याे जितसँगै हैदरबाद १२ खेलमा ७ जितसहित तेस्राे स्थानमा उक्लिएकाे छ। त्यस्तै लखनउ भने छैठाैँ स्थानमा रहेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया