बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदरबादले लखनउ सुपर जाइन्ड्सलाई पराजित गरेकाे छ। बुधबार राति सम्पन्न खेलमा हैदरबादले लखनउमाथि १० विकेटकाे जित निकालेकाे हाे।
लखनउले दिएकाे १ सय ६६ रनकाे लक्ष्य हैदरबादले बिनाविकेटकाे क्षतिमा मात्रै ९.४ ओभरमा पूरा गर्याे।
जितमा हैदरबादमा ओपनर अभिषेक शर्माले ७५ तथा ट्रभिस हेडले ८९ रन प्रहार गरे। उक्त याेगफल पूरा गर्न शर्माले ८ चाैका र ६ छक्का तथा हेडले ८ चाैका र ८ छक्का प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएकाे थियाे। लखनउमा आयुस बदाेनीले ५५ रन प्रहार गरेका थिए।
याे जितसँगै हैदरबाद १२ खेलमा ७ जितसहित तेस्राे स्थानमा उक्लिएकाे छ। त्यस्तै लखनउ भने छैठाैँ स्थानमा रहेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया