बिएल संवाददाता
नेपालसँगको टी– २० शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ। एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको हो।
पाँच खेलको शृङ्खलाअन्तर्गत आज भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो। दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सवै विकेट गुमाएर एक सय ८१ रन मात्र बनायो।
वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे। यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए। फाबियन एलनले अविजित ३३ रन बनाए।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए। नेपालका लागि एक सय ८१ रन बनाउने क्रममा कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिए। उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्का हिर्काए। वेस्ट इन्डिज ‘ए’सँगको पहिलो खेलमा उनले एक सय १२ तथा दोस्रो खेलमा अविजित ७१ रन बनाएका थिए। तेस्रो खेलमा भने कप्तान पौडेललाई आराम दिइएको थियो।
बलिङतर्फ वेस्ट इन्डिज ‘ए’का हेडन वाल्स र म्याथ्यु फर्डले तीन तीन तथा फेबियन एलेन र गुडाकेश मोटीले दुई दुई विकेट लिए।
जारी शृङ्खलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया