बिएल संवाददाता
नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ। जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल ७१ रनमा अविजिति रहे पनि जित दिलाउन सकेनन्। गुलशन झाले २६ र लोकेश बमले १७ रन बाहेक अन्य ब्याटरले उल्लेख्यनीय रन बनाउन नसक्दा नेपाल पराजित हुन पुग्यो।
वेस्ट इन्डिज ‘ए’को जितमा ओबेद म्याककोय र गुडाकेश मोती दुई/दुई विकेट लिए भने रोस्टन चेज र ओसेन थोमसले एक/एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो। उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए। उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे। साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए।
नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए।
प्रतियोगिताको तेस्रो खेल आगामी बुधबार हुनेछ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया