बिएल संवाददाता
साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ।
पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो। गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्याए। उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे। कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए।
पञ्जाबका लागि हर्षल पटेलले ३ तथा लियाम लिभिङस्टोनले २ विकेट लिए। अर्शदीप सिंह र साम करनले १–१ विकेट हात पारे।
यसअघि साई किशोरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएपछि पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटिएको थियो। पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन बनाए। हरप्रिर ब्रारले २९ तथा कप्तान साम करनले २० रनको योगदान दिए।
गुजरातका लागि मोहित शर्मा र नुरु अहमदले २–२ विकेट लिए। रासिद खानले पनि एक विकेट हासिल गरे। ८ खेलपछि गुजरातको यो चौथो जित थियो। टोली आठ अङ्कसहित छैटौँ स्थानमा रहेको छ। पञ्जाब भने ४ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया