बिएल संवाददाता
साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ।
पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो। गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्याए। उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे। कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए।
पञ्जाबका लागि हर्षल पटेलले ३ तथा लियाम लिभिङस्टोनले २ विकेट लिए। अर्शदीप सिंह र साम करनले १–१ विकेट हात पारे।
यसअघि साई किशोरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएपछि पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटिएको थियो। पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन बनाए। हरप्रिर ब्रारले २९ तथा कप्तान साम करनले २० रनको योगदान दिए।
गुजरातका लागि मोहित शर्मा र नुरु अहमदले २–२ विकेट लिए। रासिद खानले पनि एक विकेट हासिल गरे। ८ खेलपछि गुजरातको यो चौथो जित थियो। टोली आठ अङ्कसहित छैटौँ स्थानमा रहेको छ। पञ्जाब भने ४ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया