बिएल संवाददाता
नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा आज (साेमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि सुरु हुनेछ।
नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म सानदार सुरुवात गर्दै यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। भने, दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।
त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ। प्रिमियर कपको उपाधिका दाबेदारमध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको छ। यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुनेछ। अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिने छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ। जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र विवेक यादव रहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया