बिएल संवाददाता
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।
लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्वाधिक ५५ रन बनाएका थिए। भने, कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए।
त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए।
यसअघि पहिला ब्याटिङ गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।
त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक-एक विकेट लिएका थिए।
यो दिल्लीको यस सिजनमा दोस्रो जित हो। ६ खेलमा २ जित र ४ हार ब्यहाेरेकाे छ।
त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार ब्यहाेरेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया