बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो।
कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अलआउट भएको थियो।
त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो। यो आइपिएल इतिहासमा एक इनिङगमा बनेको दोस्रो ठुलो टोटल हो। यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो।
यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्षस्थानमा रहेको छ।
त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया