बिएल संवाददाता
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो।
राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन मात्र बनाएको थियो।
दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए। भने, ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए।
त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २-२ तथा आभेस खानले एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिङको मद्दतले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।
यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ। भने, दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया