बिएल संवाददाता
नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे। सोही तौलसमूहमा एपीएफका सोनाम सार्कीले कोशी प्रदेशका बलबहादुर पुन तथा बागमती प्रदेशका सागर दर्जीले मधेश प्रदेशका प्रज्ज्वल मगरलाई हराउदै सेमिफाइनलमा पुगे।
पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समिर थापा, बागमतीका शुलभ मालीले मधेश प्रदेशका आयुशसिंह भण्डारी, सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महशुस बस्नेत तथा कोशीका सुरेन्द्र राईले एपीएफका पुरन राईलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा मधेशका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित रच्दै सेमिफाइनलमा स्थान बनाए। पुरुष ७१ केजीमा बागमती दावा छिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे।
नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले एपीएफकी नाङजा बुढा मगर, कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी सारदा न्यौपाने, मधेशकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्टीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरे।
महिला ५४ केजीमा बागमतीकी अन्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपीएफकी सन्जुमाया थिङले कर्णालीकी रोजिना रन्जितकारलाई हराउदै सेमिफाइनलमा पुगे। महिला ५७ केजीमा एपीएफकी सर्मिला तामाङले कर्णालीकी सुशिला थापा, प्रहरीकी निशा तामाङले कोशीकी नारिका राई र बागमतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल भए।
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया