बिएल संवाददाता
कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
प्रशिक्षक तथा खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले नगद, पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेका थिए।
बोर्डद्वारा आज धनकुटामा आयोजित कार्यक्रममा कोशी प्रदेशका तीन प्रशिक्षकसहित ११ खेलाडीलाई रु २५ हजारदेखि दुई लाखसम्म नगद पुरस्कार र सम्मान प्रदान गरेको हो।
सन् २०२२ र २०२३ मा चीनमा भएको १९ औँ एशियाली खेलमा कराँतेका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठ र कबड्डीतर्फ काँस्य पदक विजेता चार खेलाडीलाई जनही नगद रु दुई लाख र सम्मान–पत्र दिइएको छ।
कबड्डीतर्फ पुरस्कृत हुनेमा मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई, ईशा राई रहेका छन्। त्यस्तै सन् २०२३ मा मलेसियाको क्वालाम्पुरमा भएको विश्व च्याम्पियनसिप (आइटिएफ) मा तेक्वान्दोमा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद रु ५० हजारसहित सम्मान–पत्र प्रदान गएिको छ।
त्यस्तै हालै साउदी अरेबियामा भएको फुटबल खेलमा सहभागी भई रजत पदक विजेता महिला टोलीका एक प्रशिक्षकसहित सात खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कृत गरिएको हो।
पुरस्कृत हुनेहरुमा प्रशिक्षक श्याम मानन्धर तथा खेलाडी सविता राना मगर, अमिसा कार्की, हीराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रिती राई र अन्जिला तुम्बापो लिम्बू रहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया