बिएल संवाददाता
दोस्रो टी–२० अभ्यास खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई पराजित गरेकाे छ
मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ लाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो। आयरल्याण्ड ‘ए’का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए।
त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक-एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।
नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए। यो जितसँगै नेपालले सिरिज २-० ले जितेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया