बिएल संवाददाता
नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो।
यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औँ स्थानमा रहेको थियो। नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो। त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औँ स्थानसम्म झरेको थियो।
नेपाली महिला टिमले हालै साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेर गरेको उत्कृष्ट प्रदर्शनपछि फिफा वरीयतामा सुधार आएको हो। फिफा वरीयतामा छिमेकी देश भारतीय महिला फुटबल टिम ६६औ स्थानमा रहेको छ।
त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ। त्यस्तै इङ्ल्याण्डले दुई स्थानको सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो र यसअघि दोस्रो स्थानमा रहेको अमेरिका चौथो स्थानमा झरेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया