
बिएल संवाददाता
हङकङमा जारी टी- २० सिरिजअन्तर्गत आज दुई खेल हुँदैछन्।
आज पहिलो खेल नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच हुँदैछ। यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु हुँदैछ।
नेपाल र पिएनजीबीच अहिलेसम्म चार टी- २० खेल भएका छन्। जसमा नेपालले ३ र पिएनजीले एक खेलमा जित हासिल गरेको छ।
त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदैछ। यो खेल नेपाली समयअनुसार ११:४५ बजेदेखि सुरु हुनेछ।
यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा दुवै देशले एक-एक अंक बाँडेका थिए।
अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
मार्च १३ मा त्रिकोणात्मक टी- २० सिरिजको फाइनल खेल हुने छन्। भने, फाइनलमा नपुग्ने देशले हङकङ एसँग तेस्रो स्थानको लागि खेल्ने छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया