
बिएल संवाददाता
हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। तर पहिलो पारीको आठौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो।
हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो। त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो। हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएर अविजित थिए। हङकङका लागि निजाकान्त खानले २५ रन बनाए।
नेपालका लागि करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए। शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो। अब नेपालले यहि फागुन २९ गते पपुवा न्यूगिनीसँग प्रतिष्पर्धा गर्नेछ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया