बिएल संवाददाता
हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। तर पहिलो पारीको आठौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो।
हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो। त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो। हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएर अविजित थिए। हङकङका लागि निजाकान्त खानले २५ रन बनाए।
नेपालका लागि करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए। शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो। अब नेपालले यहि फागुन २९ गते पपुवा न्यूगिनीसँग प्रतिष्पर्धा गर्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया