बिएल संवाददाता
जुम्लामा सात दिनसम्म सञ्चालन भएको फुटबलको रेफ्री तालिमबाट १६ जनाले ब्याज पाएका छन्।
जम्मा ३६ जना सहभागी भएको तालिमबाट १६ जनाले ब्याज पाउन सफल भएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए।
'बागमती अञ्चलपछि जुम्लामा पहिलोपटक रेफ्री तालिम सञ्चालन हुनु ऐतिहासिक पक्ष थियो,' उनले भने, 'तालिमपछि यति धेरै रेफ्रीले ब्याज पाउनु अर्को ऐतिहासिक पक्ष हुन पुगेको छ।'
लाइसेन्स प्राप्त रेफ्री नभएको कर्णालीमा भएको तालिमबाट ब्याज पाउने रेफ्रीले आगामी दिनमा हुने फुटबल प्रतियोगिताका लागि रेफ्रीको अभावलाई पूरा गर्ने जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताए।

'अब जुम्ला फुटबलको हब बन्नेछ। एउटा खेलमा गरिएको लाभबाट हजारौँ जोडिनु यसको प्रमाण हो,' उनले भने, 'हामीले सम्भावना नै नभएको रेफ्री तालिम जुम्लामा गर्न सक्यौँ। अब कर्णालीका विभिन्न जिल्लामा फुटबल नियमित रुपमा प्रतियोगिता हुनेछन् भने रेफ्री यो तालिमबाट ब्याज पाउने साथीहरु हुनेछन्।'
रेफ्री तालिमपछि कर्णाली क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा आफ्नै रेफ्री हुने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए।
‘जुम्लामा फुटबल खेलको असाध्यै राम्रो क्रेज छ। काममा गएका महिलाहरु काम छोडेर फुटबल हेर्न आउँछन्,' उनले भने, 'तर तालिम प्राप्त रेफ्री नहुँदा विवाद हुने र दर्शकले मनोरञ्जन लिन नसक्ने स्थिति बनेको थियो। तालिमले खेल क्षेत्रको उचाइ अझ बढ्ने र नियमित प्रतियोगिता हुने वातावरण बन्नेमा विश्वास लिएको छु।’
कर्णाली खेलकुद परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघको सहकार्य, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वय तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम भएको हो।
कर्णालीका प्रत्येक जिल्लाबाट ३ जना सहभागी गराइ हरेक जिल्लालाई रेफ्रीमा आत्मनिर्भर गराउने उदेश्य राखिएको एन्फाका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष बुढथापाले बताए।
समग्र तालिममा मुगुका सागर मल्ल तालिकका उत्कृष्ट प्रशिक्षार्थी घोषित भएका थिए।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया