बिएल संवाददाता
जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धकाे फाइनल खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेस्राे विकेटकाे रुपमा ओपनर आशिफ शेख आउट भएका छन्। ३७ बलमा ४७ रन प्रहार गरेका उनी अर्धशतक बनाउनबाट चुके।
उनी मिचेल लेभ्भिटकाे बलमा बाेल्ड आउट भए। उनले ३ छक्का र १ चाैका प्रहार गरेका थिए।
त्यसअघि कप्तान राेहितकुमार पाैडेल २५ रन बनाएर आउट भएका थिए। १९ बलकाे सामना गरेका उनले ३ चाैका र १ छक्का प्रहार गरे।
ओपनर कुशल भुर्तेल पनि २० रन बनाएर आउट भएका छन्।
त्यस्तै आशिफपछि मैदानमा आएका दीपेन्द्र सिंह ऐरी पनि २ रन बनाएर आउट भएका छन्।
नेपाल १४.३ ओभरमा १२९ रन बनाएर खेलिरहेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया