बिएल संवाददाता
फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गरेका हुन्।
नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ।
छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की छन्। रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन्।
मिडफिल्डरमा एरिक विष्ट, मनिष डाङ्गी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई छन् भने स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्ट छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया