
बिएल संवाददाता
नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ। त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ।
मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ।
नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ। आज अविनाश बोहोरा र विवेक यादवको ठाउमा ललित राजबंशी र प्रतिश जिसी प्लेइङ एघारमा सामेल गरिएको छ।
नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी र प्रतिस जिसी।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया