
बिएल संवाददाता
साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो। नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो।
नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले समान एक–एक गोल गरे। खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा प्रीतिले गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो।
त्यसअघि खेलको ३८औँ मिनेटमा नेपालकी रक्षक पूजा रानाले आत्माघाती गोल गरेपछि नेपाल दबाबमा परेको थियो। पूजाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडि बढेको अवस्थामा दिएको ब्याकपासले जाली चुम्न पुगेको थियो।
त्यस्तै खेलको ७५औँ मिनेटमा नेपालले बराबरी गोल गर्यो। लेबनानको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै सावित्राले बराबरी गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीमा पुगेको थियो।
त्यसपछि नेपालकी प्रीतिले दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल थपेपछि नेपालको फाइनल यात्रा तय भयो। यस जितसँगै अब उपाधिका लागि नेपाल जोर्डनसँगको भिड्नेछ।
पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो। फाइनल खेल भोलि हुनेछ।
यसअघि समूह ‘बी’मा रहेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया