बिएल संवाददाता
नेपालले जारी त्रिकोणात्मक टी- २० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ। त्रिवि मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि सुरु हुदैछ।
मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दैछ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।
आइसीसीको टी- २० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ। नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ। भने, नेदरल्याण्डस १५औँ स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ।
खेल तालिका
- नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार।
- नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार।
- फाइनल, फागुन २२ गते मंगलबार।
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया