बिएल संवाददाता
नेपालले जारी त्रिकोणात्मक टी- २० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ। त्रिवि मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि सुरु हुदैछ।
मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दैछ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।
आइसीसीको टी- २० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ। नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ। भने, नेदरल्याण्डस १५औँ स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ।
खेल तालिका
- नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार।
- नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार।
- फाइनल, फागुन २२ गते मंगलबार।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया