बिएल संवाददाता
साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्।
आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ। साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।
जोर्डन समूह ए मा तिनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। भने, प्यालेस्टाइन समूह बि मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन्। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि सुरु हुनेछ।
यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्बाधिक ८ गोल गरेर सर्बाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन्।
प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया