बिएल संवाददाता
आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे खेलमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो।
नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो।
योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर सिरिज जितेको छ भने नेदरल्याण्डसले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गरेको छ। त्यसैगरी नेपालले भने ४ खेलमा केवल एक खेल मात्र जितेर २ अंक हासिल गरको छ।
लिग-२ को यो सिरिज सकिएसँगै अब नेपाल, नेदरल्याण्डस र नामिबियाले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन्। सिरिजको पहिलो खेल फेब्रुअरी २७ मा त्रिवि मैदानमा नेपाल र नामिबिया खेल्दै छन्।
त्यसैगरी नेपालले अब आइसीसी क्रिकेट विश्वकप लिग-२ मा अर्को सिरिज आगामी सेप्टेम्बरमा क्यानडामा क्यानडासहित ओमानसँग खेल्ने तालिका छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया