बिएल संवाददाता
नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो।
नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुँदै १७९ रन मात्र बनाएपछि खेल २४ रनले हारेको हो।
टियु मैदानमा लिग-२ को यस सिरिजमा पहिला ब्याटिङ गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ। यसअघिका लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार बेहोरेका थिए।
टस खेलमा यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको थियो।
यो नामिबियाको लिग-२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो। ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग-२ को पहिलो सिरिज पनि जितेको छ।
त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ। अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्डसले नेपालको सामना गर्दै छ।
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया