बिएल संवाददाता
नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो।
नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुँदै १७९ रन मात्र बनाएपछि खेल २४ रनले हारेको हो।
टियु मैदानमा लिग-२ को यस सिरिजमा पहिला ब्याटिङ गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ। यसअघिका लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार बेहोरेका थिए।
टस खेलमा यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको थियो।
यो नामिबियाको लिग-२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो। ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग-२ को पहिलो सिरिज पनि जितेको छ।
त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ। अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्डसले नेपालको सामना गर्दै छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया