बिएल संवाददाता
नेपाली महिला फुटबल टिमले इराकविरुद्ध सानदार जित हासिल गरेको छ। साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
जेहादस्थित किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि सबै पाँच गोल सावित्रा भण्डारी (साम्बा)ले गरेकी थिइन्। योसँगै प्रतियोगितामा कूल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन्।
पहिलो हाफमा चार गोल गरेकी भण्डारीले दोस्रो हाफको ८०औँ मिनेटमा पाँचौं गोल गरेकी थिइन्। यसअघि पहिलो हाफमा सावित्राले खेलको १४औं मिनेटमा पहिलो १५औं मिनेटमा दोस्रो, ३७औं मिनेटमा तेस्रो तथा ४४औं मिनेटमा चौथो गोल गरेकी थिइन्।
यो नेपालको वाफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरको पराजित गरेको थियो। समूह बी मा २ खेलमा ६ अंक हासिल गरेको नेपालले सेमिफाइनलमा आफ्नो स्थान लगभग सुनिश्चित रहेको छ।
नेपालले समूह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया