बिएल संवाददाता
नेपाल ‘ए’ले क्यानडा-११ लाई पराजित गरेको छ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो।
क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो।
क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।
त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए। त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए।
यो नेपाल ए टिमको पहिलो जित हो। यो जितपछि नेपाल ‘ए’ ले क्यानडा-११ बीचको सिरिजमा १-१ को बराबरी गरेको छ। अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल बिहीबार हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया