बिएल संवाददाता
‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको १४ औं संस्करणकाे फाइनलमा महेन्द्र ज्योती भूपू विद्यार्थी मंच र खुम्जुङ युवा क्लब प्रवेश गरेका छन्।
आइतबार काठमाण्डौँको सानो गौचरण खेल मैदानमा भएकाे सेमिफाइनल अन्त्रगतकाे दुई वटा खेलमा महेन्द्र ज्योती भूपू विद्यार्थी मंचले डमीछोवा फुटबल टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे भने खुम्बु यम्बु शेर्पा समाजलाई पराजय गर्दै खुम्जुङ युवा क्लबले फाइनलमा आफनाे स्थान बनाएकाे थियाे।
महेन्द्र ज्योती भूपू विद्यार्थी मंच र डमीछोवा फुटबल टिमबीच भएको पहिलो खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे। जहाँ महेन्द्र ज्योती भूपू विद्यार्थी मंच विजयी भएको हो। साे खेलको म्यान अफ द म्याच महेन्द्र ज्योती भूपू बिद्यार्थी मंचका खेलाडी निग्मा तेम्वा शेर्पाले हात पारे।
त्यस्तै आज भएकाे अर्को खेलमा खुम्जुङ युवा क्लबले खुम्बु यम्बु शेर्पा समाजलाई १-० ले पराजय गरेकाे थियाे। खेलको म्यान अफ द म्याच खुम्जुङ युवा क्लबका खेलाडी छिरिङ शेर्पा भएका छन्।
फाइनल साेमबार दिउसाे १ बजे सुरु हुन्छ भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा दिउँसो ११ बजे हुने आयोजकले बताएको छ।
शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरूबीच हुने र शेर्पा युवाहरूलाई खेलकुदप्रति लगाब बढाउनु, उनीहरूको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाइ छ।
‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको यो संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरू यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन्।
यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार पञ्चीस हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ।
माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते (भाेलि) समापन समारोहका साथ सम्पन्न हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया