बिएल संवाददाता
क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ।
आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ।नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। यस अघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको थियो।
नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए। त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए। त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए।
योसँगै ३ खेलको सिरिजमा क्यानडा १-० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया