बिएल संवाददाता
नेपाल र नामिबियाबिचको पहिलो लिग–२ अन्त्रगतको जारी खेलमा नेपालले नामिबायालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ।
बिहिबार त्रिवी क्रिकेट मैदानामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो। नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाएर आउट भए। भिमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे।
नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए। अनिल साह ८ रन बनाएर आउट हुँदा नेपालका अर्को ओपनर अशिफ शेखले खातामा ४ रन मात्र जोडे। नेपालले तीन विकेट गुमाउँदा जम्मा १३ रन बनाएर खेलिरहेको थियो।
त्यसपछि नेपालका कप्तान रोहित कुमार पौडेलले १ रन बनाएर आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको थियो। नेपालका कुशल मल्ल १५, सोमपाल कामी २, गुलश झा २१ रन बनाएर आउट भए।
त्यस्तै पवन सराफ १२, करण सी १६ रन बनाएर आउट हुँदा ललित राजवंशी शन्यू रन बनाउँदै नटआउट रहे।
उता, नामिबियाको लागि कप्तान जेरार्ड एरास्मसले सवाधिक ५ विकेट लिँदा रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसल समान २–२ विकेट लिए।
नामिबियका लोफ्टि इटनले १ विकेट लिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया