बिएल संवाददाता
‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिता अन्त्रगत भएको खेलमा खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लबले विजयी सुरुवात गरेका छन्।
बुधबार काठमाडौँको सानोगौचरणमा भएको पहिलो खेलमा खुम्जुङ युवा क्लबले खुन्दे कम्युनिटी क्लबलाई ३–० ले गोलले पराजित गर्यो । यो खेलको म्यान अफ द म्याच खुम्जुङ युवा क्लबका फुरा छिरिङ शेर्पाले भए।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा ठमिछोवा फुटबल क्लबले आमाडब्लम युवा क्लबलाई २–० ले पराजित गर्दौ विजयी हासिल गर्यो । ठमिछोवा फुटबल क्लबका किसाङ छिरिङ शेर्पा यस खेलको म्यान अफ द म्याच भए।
शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ वर्षदेखि यो प्रतियोगिता हुँदै आइरहेको छ। प्रतियोगिता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच प्रतियोगिता गर्दै आइरहेको छ।
८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल हुनेछन्। शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ को यो १४ औँ संस्करण हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया