बिएल संवाददाता
रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाद्वारा आयोजना गरिएको राष्ट्रिय 'छैटों राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन २०८०' को दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ।
उक्त प्रतियोगितामा पुरूषतर्फको उपाधि सोलुखुम्बुका अर्जुन राईले पाएका छन् भने महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले जितेकी छन्।
प्रथम स्थान हासिल गरेका अर्जुन राईले ४८ किलोमिटर लामो दूरी ४ घण्टा ४० मिनेटमा पार गरेर थिए भने रूकुम पूर्वका शक्तिराम रोकाले ४ घण्टा ५३ मिनेटमा पार गर्दै दोस्रो भएका थिए।
त्यसैगरी ५ घण्टा १ मिनेटमा पार गर्दै रूकुम पश्चिमका भुवन ओली तेस्रो र ५ घण्टा १५ मिनेटमा पार गर्दै रूकुम पश्चिमका दुर्गाराज बुढा चौथो स्थान हासिल गरेका थिए।
पुरुषतर्फको म्याराथन रुट सानीभेरी-३ बेल्टापुबाट सुरू भएर मौराखारा लेक–रिम्ना– चाईनाबगर–सिम्ली–छिबाङबाट पुन: बेल्टापु सम्मको कुल ४८ किलोमिटर लामो दूरी राखिएको थियो।
महिला तर्फ भने निर्धारित ३६ किलोमिटरको दुरी तीन घण्टा ११ मिनेटमा पूरा गर्दै राज्यलक्ष्मी रावल रावत प्रथम स्थान हासिल गरेकी थिइन्।
३ घण्टा १७ मिनेटमा पार गरेकी सानीभेरी ३ रुकुम पश्चिमकी सुशीला पुन दोस्रो स्थान हासिल गरिन भने खोटाङकी निर्मला राईले ३ घण्टा २७ मिनटमा दुरी पार गर्दै प्रतियोगितामा तृतीय स्थान हासिल गरिन्।
प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट ३५ जना पुरुष र १२ जनाले महिला धावक धावक-धाविकाको सहभागिता रहेको थियो।
महिला तर्फको म्याराथन सानीभेरी गाउँपालिका ३ को बेलटापु खेल मैदानबाट सुरु भएर मेघा बलिवाङ, जाजरकोटको रिम्ना, त्यसपछि सानीभेरी गाउँपालिकाको चाइनाबगर, गिठाकोट, सिम्ली, मुसिकोटकाो छिवाङजिउजा, सानीभेरीको ज्यामिरे, चौखे हुँदै पुनः बेल्टापु पुगेर टुंगिएको थियो।
म्याराथन डौडमा प्रथम, द्वितीय, तृतीय, चौथो र दशौं हुनेलाई क्रमशः नगद रु १ लाख, ७५ हजार, ४५ हजार १५ हजार र ३००० नगद सहित मेडल तथा प्रमाण पत्र राखिएको थियो।
त्यस्तै महिला तर्फको ३४ किमीमा प्रथम, द्वितीय, तृतीय, चौथो र दशौं हुनेलाई क्रमशः नगद रु ६० लाख, ४० हजार, २० हजार १० हजार र ३००० नगद सहित मेडल तथा प्रमाण पत्र राखिएको थियो।
माओवादी जनयुद्द सुरु भएको दिन फागुन १ हरेक वर्ष रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले आयोजना गरिदै आएको छ।
सानीभेरी गाउँपालिका रुकुम पश्चिमको आयोजनमा गरिएको प्रतियोगितिलाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग रहेको हो।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया