बिएल संवाददाता
नेपाल र क्यानडाबीच जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्षय दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला नेपालले बलिङ रोजेको थियो। ब्याटिङकाे निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो।
क्यानडाका लागि नवनीत धालीवालले सर्वाधिक ५० रन बनाएर आउट भए। नविनतले ८२ बलमा ५ चौका प्रहार गरे। उनीलाई नेपालको ललित राजवंशीको बलबाट आकाश चन्दबाट क्याच आउट भएका थिए।
क्यानडका ओपनर आरोन जोन्सन १० बलमा ४ रन मात्र बनाएर आउट भए। श्रीमान्थ विजेरत्न २२, निकोलोस कितर्न ३, हर्ष थाकर २९ रनमा पेभिलियन फर्किए। त्यस्तै, हर्ष थाकर ५७ बलमा २९ रन बनाएर आउट भए। उनलाई कुशल मल्लले एलबिडब्लु आउट गरेका थिए।
क्यानडका निखिल दत्त ४५ रन बनाएर रनआउट भए। श्रेयस मोव्व २५, डिलिवन हेलाईगर ४ रन बनाएर आउट भए।
नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमा सर्वाधिक ३ विकेट लिए। कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले समान १-१ विकेट लिए।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया