बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ। खेल त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमामा बिहान ९ः १५ बजेदेखि सुरु हुँदैछ।
यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ। नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो।
नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ।
नेपालले यो सिरिजपछि आइसीसी क्रिकेट विश्वकप लिग- २ को त्रिकोणीय सिरिज खेल्ने हुनाले क्यानडाविरुद्धको सिरिजलाई तयारीको रुपमा हेरेको छ। सोही कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउँदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ। यस खेलमा पनि नेपालले आफ्नो प्लेइङ ११ मा परिवर्तन गर्ने सम्भावना रहेको छ।
क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम खेलिरहेको छ। क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन्।
सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो।
त्यस्तै क्यानडाले आइसीसी टी- २० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी- २० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया