बिएल संवाददाता
नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ। उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ।
यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो। नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो। सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो।
दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो। उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएका थिए।
नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको सिरिज आफ्नो कब्जामा पार्न चाहन्छ। अघिल्लो खेलमा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा भने उल्लेख्य खेल खेल्न सकेको थिएन।
सो खेलमा कुशल भूर्तेलले ६८ तथा आरिफ शेखले ३८ रन बनाएका थिए। नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो।
नेपाली टोलीमा रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया