बिएल संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमका चार जना खेलाडी अष्ट्रेलिया उडेका छन्।
राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरी, सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिष देउला मगंलबार अष्ट्रेलिया उडेका हुन्।
नेपालका युवा स्टारको रूपमा हेरिएका आशिष चौधरीले ए डिभिजन लिग, हालै सम्पन्न नेपाल सुपर लिगअन्तर्गत धनगढी एफसीका मार्की खेलाडीको रूपमा खेलेका थिए।
त्यस्तै, सेसेहाङ आङदम्बेले नेपाल सुपर लिग २ को विजेता ललितपुर सिटीबाट खेलेका थिए। आशिष देउला भने एनएसएलमा भफापाको किपरको रूपमा थिए। जाउलाखेल युथ क्लबको कप्तनी गरिसकेका थापा पनि आफ्नो उज्ज्वल भविषयका लागि भन्दै विदेशिएका छन्।
पछिल्लो समय ६० जनाभन्दा बढी नेपाली फुटबलर अष्ट्रेलिया पलायन भइसकेका छन्। घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेश पलायन हुने क्रम जारी रहेको छ।
यसअघि फुटबलमा नाम चलेका धेरै खेलाडी पनि विदेश भासिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया