बिएल संवाददाता
विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेकाे नेपाली यु- १९ राष्ट्रिय क्रिकेट टाेली स्वदेश फिर्ता भएकाे छ। सुपर सिक्सबाट बाहिरिएसँगै टाेली साेमबार स्वदेश फिर्ता भएकाे हाे।
स्वदेश फर्किएकाे टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले स्वागत गरे।
विश्वकपमा नेपाल समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएकाे थियाे। भने, अफगानस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेकाे थियाे।
यद्यपि, भारत र पाकिस्तानका सुपर सिक्सबाट अघिल्लाे चरणमा प्रवेश गरेसँग सुपर सिक्सकाे प्रतिस्पर्धा अगाडि नै प्रतियाेगिताबाट बाहिरिएकाे थियाे।
सुपर सिक्सका दुवै खेलमा पनि नेपालले जित निकाल्न सकेन। सुपर सिक्समा नेपाल भारत र बंगलादेशसँग पराजित भएकाे थियाे।
स्वदेश फिर्ता भएपछि कप्तान देव खनालले सुपर सिक्ससम्म पुग्नु नै नेपाली टाेलीकाे लागि ठुलाे कुरा रहेकाे बताए। उनले विश्वकप यात्राबाट धेरै कुराकाे अनुभव गरेकाे उल्लेख गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया