बिएल संवाददाता
दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला यू–१९ च्याम्पियनसिपमा नेपालले खेलमा भुटानलाई हराएको छ।
आइतबार बंगलादेशको राजधानी ढाकास्थित मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो।
नेपालका लागि सेनु परियारले खेलको ४५औँ मिनेटमा गोल गरेर सफलता दिलाइन्। त्यसपछि अन्य कसैले पनि गोल गर्न सकेनन्।
नेपाल पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशसँग ३-१ पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो।
यसअघि भुटान भारतसँग १०–० ले हारेको थियो। नेपालले अब ६ फेब्रुअरीमा भारतसँग खेल्ने छ।
प्रतियोगितामा आयोजक राष्ट्र बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागीता रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया