बिएल संवाददाता
दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला यू–१९ च्याम्पियनसिपमा नेपालले खेलमा भुटानलाई हराएको छ।
आइतबार बंगलादेशको राजधानी ढाकास्थित मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो।
नेपालका लागि सेनु परियारले खेलको ४५औँ मिनेटमा गोल गरेर सफलता दिलाइन्। त्यसपछि अन्य कसैले पनि गोल गर्न सकेनन्।
नेपाल पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशसँग ३-१ पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो।
यसअघि भुटान भारतसँग १०–० ले हारेको थियो। नेपालले अब ६ फेब्रुअरीमा भारतसँग खेल्ने छ।
प्रतियोगितामा आयोजक राष्ट्र बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागीता रहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया