बिएल संवाददाता
२३औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार पोखरा रङ्गशालामा भएको खेलमा थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मीले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो।
खेलको ३८औं मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीको लागि पहिलो गोल जिलेस्पी जंग कार्कीले गरे। पहिलो हाफ १–० को अग्रता लिएको आर्मीले दोश्रो हाफमा २ गोल गर्न सफल रहयो।
खेलको ८३औं मिनेटमा फात्तेमान घलेले आर्मीलाई दोश्रो सफलता दिलाए। त्यसपछि खेलको अतिरिक्त समयमा बसन्त जिम्बाले गोल गर्दै आर्मीलाई ३–० को सफलता दिलाए।
उपाधि जितेसँगै आर्मीले १२ लाख र थ्रि स्टारले ६ लाख प्राप्त गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया