बिएल संवाददाता
छैटौँ संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उपाधि नेपाल पुलिस क्लबले जितेकाे छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेकाे हाे।
याे जितसँगै पुलिसले तीनपटक प्रधानमन्त्री कपकाे उपाधि जितेकाे छ। आर्मीले जितकाे लागि दिएकाे १८२ रनकाे लक्ष्य पुलिसले ३७.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
पुलिसका शंकर रानाले अधशतकिय बनाए। रानाले ३८ बलमा ५० रन बनाएका हुन्। उनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। उनी ४३ बलका ६२ रन बनाउदै नअाउट रहे। तेस्तै पुलिसका अारिफ शेख ५४ बलमा २७ रन बनाउदै अविजित रहे।
पुलिसकाे ओपनर कुशल भुर्तेल ९ बलमा १४ रन बनाएर अाउट भए। दिलिप नाथ ७ रन बनाएर अाउट हुँदा अर्जुन साउद ५८ बलमा ३६ रन बनाएर पेभिलियन फर्किए। अर्जुनले ५८ बलमा ४ चौका प्रहार गरे। तेस्तै, अमृत श्रेष्ठ २८ रनमै अाउट हुन पुगे।
आर्मीकाे लागि कुशल मल्ल, बसिर अह्मद, जितेन्द्र मुखिया र शहाब अलामले समान १-१ विकेट लिए।
तेसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे आर्मीले एक बलअघि सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियाे। आर्मीकाे लागि विवेक यादवले सवाधिक ६३ रन बनाए।
नवौं नम्बर क्रिजमा अाएका विवेकले ८१ बलमा ७ चौका र एक छक्का प्रहार गरे।
आर्मीका साेमपाल कामिले ३९,इम्ररान शेखले २८ र कुशल मल्लले १७ रन बनाए। कप्तान विनोद भण्डारीसहित अन्य खेलाडिले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।
पुलिसकाे लागि ललित राजवंशी र कप्तान दीपेन्द्र सिंहले समान ३-३ विकेट लिए।लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए।
प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए। जहाँ लिग चरणमा पुलिस सबै खेलमा अपराजित रहदै फाइनल पुगेकाे हाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया