बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकपको सुपर सिक्सकाे अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएकाे छ। नेपाल भारतसँग १३२ रनले पराजित भएकाे हाे।
जितकाे भारतले दिएकाे लागि २९८ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे।
नेपालका कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। त्यस्तै अर्जुन कुमालले २६ रन बनाउँदा दुर्गेश गुप्ता २९ रनमा अविजित रहे भने दीपक बोहराले २२ रन बनाए।
नेपालका गुलशन झामात्र १ रन बनाएर आउट हुन पुगे।
भारतकाे लागि सउमी पान्डेले ४ विकेट लिए। अर्शिन कुलकर्नीले २ विकेट लिएभर भने राज लिम्बानी, आराध्या शुक्ला र मुरुगन अभिषेकले समान १- १ विकेट लिए।
यसअघि दक्षिण अफ्रिकको मनगंग ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९७ रन बनाएकाे थियाे।
भारतका दुई खेलाडीले शतकीय पारी खेले। भारतका कप्तान उदय सरन र सचिन दासले नेपालसविरुद्ध शतक प्रहार गरेका थिए।
भारतका लागि सचिन दासले सर्वाधिक ११६ रन बनाए भने कप्तान उदय सरन १०० रन बनाए।
भारतका ओपनर आदर्श सिंह २६, प्रियान्स मोलिया १९ रन बनाउँदै पेभिलियन फर्किए।
त्यस्तै भारतका अर्सिन कुलकर्णी १८ रन बनाएर आउट भए।
नेपालको लागि गुलशन झाले दुई विकेट लिए भने आकाश चन्दले एक विकेट लिए।
समूह चरणका खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो। तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो।
त्यस्तै सुपर सिक्सकाे पहिलाे खेलमा पनि नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे थियाे।
भारतसँगकाे खेल नै नेपालका लागि अन्तिम थियाे। नेपाल यसअघि नै प्रतियाेगिताबाट बाहिरिसकेकाे थियाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया