बिएल संवाददाता
आइसीसी यू–१९ विश्वकपको सुपर सिक्स जारी खेलमा नेपालविरुद्ध भारतले २०० रन पूरा गरेको छ।
शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले ३७.५ ओभरमा तीन विकेट गुमाउँदै २०० रन पूरा गरेको हो।
भारतका ओपनर आदर्श सिंहलाई गुल्सनले विकेटकिपर उत्तम मगरबाट क्याच गराएका थिए। आदर्श २६ रन बनाएर पेभिलियन फर्किएका हुन्।
त्यस्तै भारतका प्रियान्सु मोलिया रनआउट भएका थिए। मोलियालाई नेपालका आकाश चन्दले रनआउट गरेका हुन्।
उनी १९ रन बनाएर आउट भए। भारतले तेस्रो विकेटको रुपमा अर्सिन कुलकर्णीलाई गुमाउन पुग्यो।
अर्सिनलाई आकाशले विकेटकिपर उत्तम मगरबाट क्याच गराए।
उनी १८ रनमा आउट भए। कृजमा अहिले कप्तान उदय सरनले ७२ बलमा६० रन बनाएर खृलिरहेका छन भने सचिन दास ७२ बलमा ७६ रन बनाएर खेलिरहेका छन्।
समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो।
तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया