बिएल संवाददाता
आइसीसी यू–१९ विश्वकपको सुपर सिक्स जारी खेलमा नेपालविरुद्ध भारतले २०० रन पूरा गरेको छ।
शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले ३७.५ ओभरमा तीन विकेट गुमाउँदै २०० रन पूरा गरेको हो।
भारतका ओपनर आदर्श सिंहलाई गुल्सनले विकेटकिपर उत्तम मगरबाट क्याच गराएका थिए। आदर्श २६ रन बनाएर पेभिलियन फर्किएका हुन्।
त्यस्तै भारतका प्रियान्सु मोलिया रनआउट भएका थिए। मोलियालाई नेपालका आकाश चन्दले रनआउट गरेका हुन्।
उनी १९ रन बनाएर आउट भए। भारतले तेस्रो विकेटको रुपमा अर्सिन कुलकर्णीलाई गुमाउन पुग्यो।
अर्सिनलाई आकाशले विकेटकिपर उत्तम मगरबाट क्याच गराए।
उनी १८ रनमा आउट भए। कृजमा अहिले कप्तान उदय सरनले ७२ बलमा६० रन बनाएर खृलिरहेका छन भने सचिन दास ७२ बलमा ७६ रन बनाएर खेलिरहेका छन्।
समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो।
तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया