बिएल संवाददाता
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारी (साम्बा) फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन्।
उनलाई फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गुइनगाम्पले अनुबन्ध गरेकाे हाे।
क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत सावित्रीलाई अनुबन्ध गरेको जानकारी दिएको हो। योसँगै उनी युरोपेली क्लब फुटबलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।
यसअघि सावित्री इजरायलको क्लब हापोएल रानानामा आवद्ध थिइन्। एक सिजनको लागि आवद्ध भएकी उनी इजरायल र हमासबीच युद्ध सुरू भएपछि नेपाल फर्किएकी थिइन्।
सावित्री नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता हुन्। ४३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी उनी घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्छिन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया