बिएल संवाददाता
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारी (साम्बा) फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन्।
उनलाई फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गुइनगाम्पले अनुबन्ध गरेकाे हाे।
क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत सावित्रीलाई अनुबन्ध गरेको जानकारी दिएको हो। योसँगै उनी युरोपेली क्लब फुटबलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।
यसअघि सावित्री इजरायलको क्लब हापोएल रानानामा आवद्ध थिइन्। एक सिजनको लागि आवद्ध भएकी उनी इजरायल र हमासबीच युद्ध सुरू भएपछि नेपाल फर्किएकी थिइन्।
सावित्री नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता हुन्। ४३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी उनी घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्छिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया