बिएल संवाददाता
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो।
जितको लागि १७१ रन पछाएको पुलिसले २४ दशमलब २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पुलिसका ओपनर दिलिप नाथ ५७ रन बनाएर आउट भए। त्यस्तै, अर्का ओपनर कुशल भुर्तेल २२ रन बनाएर पेभिलियन फर्किए।
अशिफ शेख २७ रन बनाउँदै नटआउट रहे। गण्डीका सन्दीप पराजुलीले दुई विकेट लिदाँ कमल परियार र कप्तान विपिन खत्रीले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८/३ ओभरमा १७० रनमा समेटियो। गण्डीको लागि सर्वाधिक रन अमृत गुरुङले बनाए। उनी ५० रन बनाएर आउट भए।यस्तै, गण्डीका करण पंगेनी र कमल परियारले समान ३० रन बनाए।
पुलिसको लागि राशिद खानले सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी तथा करण केसीले २ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया