बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कपको उपाधि जुम्लाकाे बहुमुखी क्याम्पसले उचालेको छ।
उपकुलपति कपअन्तर्गत एथलेटिक्सतर्फका विभिन्न विधामा सहभागी भएर जुम्ला बहुमुखी क्याम्पसले चार स्वर्ण र एक काश्य पदकसहित उपाधि उचालेको हो।
एथलेटिक्समा महिलातर्फ १५ सय मिटर डौडमा जुम्ला बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा गुठीचौर गाउँपालिका वडा नम्वर ३ की राज्यलक्ष्मी रावलले १ स्वर्ण र १ कास्य पदक हासिल गरेको जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेश हमालले बताए।
उनले भने, 'जुम्ला बहुमुखीले इतिहास रचेको छ। शसक्त प्रदर्शनी गरेर हाम्रा खेलाडीहरुले क्याम्पसको उचाइ बढाएका छन्।'
यस्तै १५ सय मिटर पुरुषतर्फ जुम्ला बहुमुखी क्याम्पसमै अध्ययनरत छात्र शेरबहादुर अधिकारीले स्वर्ण र कास्य पदक हात पारेको स्ववियु सचिव जयकृष्ण जैशीले बताए।
उनले भने, 'महिलातर्फको २ सय मिटर दौडमा अनमिका देवकोटाले स्वर्ण पदक हासिल गर्नुभएको छ।'
जुम्ला बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले काठमाण्डौँमा गएर प्रथम स्थान हासिल गर्नु गर्व गर्न लायक कुरा भएको क्याम्पस प्रमुख डा. रओम प्रकाश आचार्यले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया